February 23, 2025, 3:34 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

साउन २१, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्।

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।

उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।

४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक-एक प्रदेशसभा सांसद रहेका छन् ।

प्रतिक्रिया