September 19, 2024, 4:33 pm
» ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

साउन २०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

दाङ : दाङ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटलसाइकल चालक घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छब।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही-तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । रासस

प्रतिक्रिया