February 23, 2025, 3:32 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कर्णाली सरकारमा कांग्रेस सहभागी, राजीव शाहीले नेतृत्व गर्ने

साउन १८, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

काठमाडाैं। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ। सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्ने पक्का भएको छ। कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन्।

शाहले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ। मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ। मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज नै सपथ ग्रहण कार्यक्रम राख्ने बताइएको छ।

प्रतिक्रिया