February 23, 2025, 3:03 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एकाउन्न किलो गाँजासहित तीन जना पक्राउ

साउन १८, २०८१ मा प्रकाशित | १११०दर्शक तीव्रखबर

बागमती,  हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका-५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका-१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ परेका हुन् ।

यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया