September 16, 2024, 7:05 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

महोत्तरीमा मसलाको रुख हटाउन पालिकाहरु अग्रसर वन्दै

साउन १८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन ।

उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ ।

बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध  गरिएको मेडिकल कलेज पुर्वाधार विकास आयोजना प्रमुख देवि सुवेदिले वताए ।

निर्माणस्थलमा काटिने १९६७ रुखको सट्टामा १० गुणा बिरुवा रोप्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा मसलाको विरुवाहरुलाई निषेध गरिएको प्रमुख सुवेदीको भनाई छ ।

सवैभन्दा बढी रुख भएको क्षेत्र पनि जिल्लाको उत्तरी क्षेत्र गौशाला र  बर्दिवास नगरपालिकामा नै  हो । सागरनाथ वन परियोजना अन्तर्गतका वन, सामुदायिक वन  र साझेदारी वनहरुमा २० औ हजार मसलाका रुखहरु अहिले पनि छन ।

छिटो हुर्कने र आयआर्जनका हिसावले किसानहरुको निजि जमिनमा समेत लगाईएको यो रुखले भुमिगत पानी सखाप वनाएको भन्दै किसानहरु स्वयमले नगरको न्यायिक समितिमा निवेदन दिने गरेको पालिकाहरुले जनाएका छन ।

यसै अनुरुप बर्दिवास नगरपालिकाले यसअघिको नगरसभावाट मसलाको रुखलाई पुर्णरुपमा निरुत्साहित गर्ने नीति नै वनाएको छ । मेडिकल कलेज निर्माणार्थ बिरुवा रोप्दादेखी नै उक्त नितिलाई कार्यान्वयन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री वताउछन ।

किसानहरुको अनुभवसहित आएका निवेदनहरुलाई आधार वनाएर जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरुले समेत विस्थापन गर्ने अभियान चलाएका छन ।

यस्को सुरुवात मनरासिस्वा नगरपालिकाले गरेको छ । पालिकाले किसानहरुलाई ३ महिनाको समायावधी समेत दिएको छ । निजि जमिनमा रहेका मसला(सपेता) को रुखलाई हटाएर अन्य प्रजातिका बिरुवा रोप्न सुचना जारी गरेको छ ।

मधेश प्रदेश लगायत पालिकामा भुमिगत पानीमा समस्या र जमिन बन्झर्ट बनाउन यहीँ रुखले सहयोग पुर्‍याएको निष्कर्ष सहित तुरुन्त विस्थापन गर्न सुचनामा निर्देशन दिएको छ ।

पालिकाको १२ औ नगरसभाले समेत मसलाको रुख पुर्णरुपमा निषेध गर्ने नीति वनाएको थियो ।

यो रुखको विषयमा भुमिगत पानीको सतह सखाप वनाउने मुख्य कारक भएको दावी गरिएतापनी केही विज्ञहरुले भने यस्मा फरक मत राख्दै आएका छन । विशाल बस्नेत- न्युज कारखानाबाट 

प्रतिक्रिया