March 12, 2025, 2:23 pm
» सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह » क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ? » प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत » सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध » स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

फाल्गुन २८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएपछि देश नै तरंगित भएको छ।

चरमपन्थीहरूले रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरिसकेका छन् । ४५० जना सवार रेलबाट २१४ जनालाई बन्दी बनाइएको थियो ।

समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक पृथकतावादी सङ्गठनले नियन्त्रणमा लिएको थियो ।

संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिएको थियो । उक्त रेल क्वेटा सहरबाट पेसावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएका थिए ।

पाकिस्तानी सुरक्षा सूत्रका अनुसार बलुचिस्तान प्रान्तमा रेल हाइज्याक गरिएपछि अहिले बचाउ र उद्धार अभियान चलाइएको छ । तर बन्धकहरूसँगै आत्घाती आक्रमणकारी पनि सवार रहेकाले ठोस कदम चाल्न पाकिस्तानी सरकारलाई समस्या भएको छ ।

पाकिस्तानमा सैन्य सुत्रले बीबीसीलाई बताएअनुसार उद्धार अभियानका क्रममा अहिलेसम्म १५५ यात्रुलाई बचाइएको छ । त्यसैगरी २७ जना चरमपन्थी पनि मारिएका छन्।

अर्कातर्फ रेल नियन्त्रणमा लिएको समूहले त्यसमा सवार अधिकांश सुरक्षाकर्मीको ज्यान लिएको जनाएको छ । तर दुवैतर्फ भएको हताहतीको औपचारिक पुष्टि हुन सकेको छैन ।

रेलवे अधिकारीहरूका अनुसार क्वेटा रेलवे स्टेशनबाट राहत ट्रेनमार्फत् २० भन्दा धेरै कफिन पनि पठाइएको छ।

एक अधिकारीले बताएअनुसार क्वेटाबाट बोलनका लागि राहत ट्रेन पठाइएको हो । जसमा उद्धार र राहत सामाग्री पनि छन् । क्वेटा प्रशासनले २०-२५ वटा खाली कफिन पनि पठाएको छ ।

प्रतिक्रिया