March 4, 2025, 8:54 pm
» Dahal urges Resham Chaudhary to merge with Maoist party » अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै » हेटौंडामा राप्रपाको मोटरसाइकल र्‍याली » नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन » हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन

फाल्गुन २०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ ।  नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।
जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।
पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।
८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया