February 23, 2025, 3:08 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

नेपालीमुलका प्रितेश अमेरिकामा आवास तथा विकास सल्लाहकारमा नियुक्त

साउन १३, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

अमेरिका : नेपालीमुलका युवा प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकारमा नियुक्त भएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्कको निवासी कार्कीलाई अलमिडा काउण्टीको बोर्ड अफ सुपरभाइजर्सले उनको नियुक्ति अनुमोदनको पत्र काउण्टीले कार्कीलाई पठाएको हो ।

सन् २०२८ जुलाई २३ सम्मको ४ वर्षे कार्यकालका लागि कार्की नियुक्त भएको काउण्टीको पत्रमा उल्लेख गरिएको छ । कार्की सान् फ्रान्सिस्को बे एरियाको नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष पनि हुन् ।

उच्च शिक्षाका लागि अमेरिका आएका आर्किटेक इन्जिनियर कार्कीलाई उनको पेशागत शिक्षा र सामाजिक योगदानका आधारमा मनोनयन गरिएको हो । कार्की क्यास्ट्रोभ्यालीस्थित युनाइटेड स्कल डिस्ट्रकअन्तर्गत सबो इलिमेण्ट्री स्कुल काउन्सिलको निर्वाचित अध्यक्ष पनि छन् ।

प्रतिक्रिया