March 3, 2025, 10:21 pm
» ग्यारेन्टी बिना युद्धविराम असफल हुनेछ : जेलेन्स्की » मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि » केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री देउवा » ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी » युएईमा भारतीय महिलालाई मृत्युदण्ड

ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी

फाल्गुन १९, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन्। भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन्।

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन्।

उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु। ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ।’

उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन्।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए।

उनले भने,‘अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो। सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ।’

प्रतिक्रिया