March 3, 2025, 6:22 pm
» ग्यारेन्टी बिना युद्धविराम असफल हुनेछ : जेलेन्स्की » मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि » केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री देउवा » ओली अब्बल र लोकप्रिय राजनेता : पूर्वराष्ट्रपति भण्डारी » युएईमा भारतीय महिलालाई मृत्युदण्ड

इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते

फाल्गुन १९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

हाइफा, इजरायल,  : इजरायलको हाइफा शहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।

गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बीच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो ।

गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहन्तमा समाप्त भएपछि दुई पक्षबीच वार्ता रोकिएको बेला उक्त आक्रमण भएको हो ।

इजरायलको ‘म्यागेन डेभिड एडोम’ नामक आपतकालीन सेवाले भनेको छ, “मेडिकल टोलीले अन्दाजी ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको घोषणा गरेको छ र चार जना घाइतेलाई उद्धारपछि उपचार गरिरहेको छ ।”

घाइतेमध्ये अन्दाजी ३० वर्षीय एक पुरुष र एक महिला तथा १५ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । उनीहरू अझै खतरामुक्त भइनसकेको बताइएको छ ।

इजरायली प्रहरीले इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग सम्बन्धित व्यक्तिहरूलाई ‘आतङ्कवादी’ आक्रमणको संज्ञा दिए पनि सोमबारको आक्रमणमा संलग्न अपराधीको पहिचान भने हुन सकेको छैन ।

आक्रमणकारीले सुरुमा नै गोली चलाएको बुझिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई बाहिर निकालेपछि त्यहाँ पुगेका एएफपीका पत्रकारहरूले आक्रमणकारीको शव कम्बलमुनि भुइँमा देखेको बताए ।

उत्तरी इजरायलको ठूलो तटीय शहर हाइफाको बस र रेल स्टेसनमा आक्रमण भएको हो ।

युद्धविराम लम्ब्याउने विषयमा हमाससँग असहमति भएपछि इजरायलले आइतबार गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो ।

प्रतिक्रिया