March 2, 2025, 11:47 pm
» ‘देशले अब यही परिस्थिति थेग्न सक्दैन’: लिङ्देन » संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा » नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाइँदै » टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ » गजलमय बन्यो धादिङ

च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य

फाल्गुन १७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ ।
जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको हो । इङल्याण्डका लागिजो रुटले सर्बाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४, कप्तान जोस बटलरले २१ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर माक्रो जानसेन र विआन मल्डरले ३-३ विकेट लिएका थिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया