January 22, 2025, 8:45 am
» डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द » पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान » आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ » खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ

पर्यटन नीति र कानुन समयानुकुल बनाइने छ : मन्त्री पाण्डे

साउन ११, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

बाँके / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ ।

    होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिएको र त्यसको गहिरो अध्ययन गरेर तीन महिनाभित्र नीति बनाउने उल्लेख गर्नुभयो ।

    “अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन ऐन पनि समयसापेक्ष निर्माण गरी यथाशिघ्र कानुन बनाउनेतर्फ लागिपरेका छौँ ।”

    मन्त्री पाण्डेले लुम्बिनी पर्यटनको क्षेत्रमा विशेष सम्भावना बोकेको प्रदेश भएकाले यहाँको पर्यटन तथा होटल व्यवसायको विकासका लागि सरकारको विशेष चासो रहने बताउनुभयो ।

    “हामी राजनीति गर्नेले राजनीतिक धर्म निर्वाह गछौंँ, होटल तथा पर्यटन व्यवसायीले पनि आफ्नो पवित्र पेशामा धर्म र निष्ठा निर्वाह गर्नुहोस्”, मन्त्री पाण्डेले भन्नुभयो, “अतिथिको सत्कार गर्दै हाम्रो संस्कृतिको विशिष्टतालाई उजागारसँगै संस्कृति र प्रकृतिको बजारिकरण गर्नसके होटल तथा पर्यटन क्षेत्र फस्टाउने छ ।”

    नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउने अवसर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा सोहीअनुसार सरकारले काम गर्ने बताउनुभयो । राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्य भएको उहाँको भनाइ थियो ।

    होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले लुम्बिनी प्रदेशमा करिव ११ हजार होटल व्यवसायीले रु दुई खर्बको लगानी गरी वार्षिक करिव रु ४० करोड राज्यलाई कर तीर्दै आएका बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाका दुई सय प्रतिनिधि सहभागि रहेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका महासचिव दधिराम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया