धनगढी । अछाममा अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
साँफेबगर नगरपालिका-७ रिडिकोटकी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
साँफेबगर-मंगलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई सुदूरपश्चिम प्रदेश ०१-००१ ह ६४२३ नम्बरको अटोरिक्साले ठक्कर दिएको थियो।
ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया