February 22, 2025, 6:39 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

ह्वाइट हाउसमा नेपालीकै उजुरी ! एमसीसी तत्काल रोक्न ट्रम्पको आदेश

फाल्गुन ९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं,  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपालमा अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै सहयोग रकमको दुरुपयोगलाई सरासर ठगी भनेका छन् ।

दुई वटा सहयोग उद्धृत गर्दै ट्रम्पले ठगी भनेका हुन् । एउटा नेपालमा संघीयता कार्यान्वयनका लागि भन्दै दिइएको ३ करोड ९० लाख डलरको प्रसंग र अर्को एक करोड ९० लाख डलरको जैविक विविधता संरक्षणको सहयोग रकमलाई उनले ठगी भनेका हुन् ।

राष्ट्रपति ट्रम्पको यो टिप्पणीले नेपालमा आउने वैदेशिक सहयोग कसरी दुरुपयोग भईरहेको छ भन्ने समीक्षा गर्न सम्बन्धित देशहरुलाई झुक्याएको छ भने नेपालमा भने भुईचालो गएको छ । तर, कसरी राष्ट्रपति ट्रम्पले सोझै ठगी भने त ? भन्ने प्रश्न पनि उठेको छ ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भारी मतले विजयी भएपछि नेपालीहरुबाट नवनिर्वाचित राष्ट्रपति समक्ष अमेरिकाले नेपालमा दिँदै आएको सहयोग रकम कसरी दुरुपयोग भईरहेको छ र कस्ता कस्ता अनुत्पादक क्षेत्रमा सहयोग रकम दिने गरिएको छ भन्ने फेहरिस्त पेश गरिएको बुझिएको छ ।

नेपालीहरुकै एउटा टोलीले विस्तृत रुपमा सहयोग रकम दुरुपयोग भईरहेको विवरण ह्वाइट हाउसको नयाँ टीमलाई बुझाएको थियो । जुन कर्मचारीहरुको नयाँ टीमले अध्ययन गरेको बताइएको छ ।

सोही आधारमा राष्ट्रपति ट्रम्पले सार्वजनिक कार्यक्रमबाटै नेपालमा गईरहेको रकम सरासर ठगी हो भन्दिएका हुन् ।

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन भुत्ते बनाउन सर्वोच्च अदालतका न्यायाधीशदेखि कान्तिपुर र अन्नपूर्ण पोस्ट जस्ता मिडिया नै कसरी एकजूट भएका थिए भन्ने विषयमा सनसनीपूर्ण रिपोर्ट तयार पारेको द डार्क फाइल नामक खोजी रिपोर्ट पनि ह्वाइट हाउसमा पुगेको उच्च स्रोतले बताएको छ ।

द डार्क फाइलले अमेरिकीदेखि अन्य विदेशी अनुदान तथा ऋण नेपालमा कसरी उच्च राजनीतिक, कर्मचारी र सम्बन्धित देशका केही अधिकारीहरुबीच भागवण्डा हुन्छ भन्ने विषयमा खोजमूलक प्रतिवेदन तयार पारेर राष्ट्रपति ट्रम्प समक्ष पुऱ्याएको बुझिएको छ ।

त्यसको अध्ययन र उनीहरुकै तहबाट क्रसचेक गरेपछि राष्ट्रपति ट्रम्पले त्यसरी बोलेका हुन भन्ने बुझिएको छ । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले नेपालमा अमेरिकी सहयोगमा संचालिक एमसीसी परियोजना पनि तत्कालका लागि रोकिदिएका छन् ।

त्यसमा पनि नेपालीहरुको उजुरीले काम गरेको बुझिएको छ । एमसीसी पारित  गराउने क्रममै नेपालका उच्च तहका राजनीतिकर्मीहरुले अमेरिकी सरकारबाट पैसा खाएको र त्यसको लविङका लागि मिडिया तथा नागरिक समाज नामका परजिवीहरु परिचालन गर्न पनि ठूलै रकम खर्च गरिएको उजुरी ह्वाट हाउसमा परेको बुझिएको खबर नेपालीपत्रमा उल्लेख छ ।

त्यति मात्रै होइन, एमसीसीको कार्यालय पाँचतारे होटलमा राखिएको, त्यस कार्यालयका कर्मचारीहरुले हजारौं डलर तलब भत्ता बुझ्ने गरेको र परियोजना कार्यान्वयन हुने स्थानमा कौडीको भाउको भीर पखेरालाई अमूल्य मूल्यांकन गरेर रकम दुरुपयोग गरिएको उजुरी परेको थियो ।

तसर्थ एमसीसी तत्काल रोक्ने आदेश राष्ट्रपति ट्रम्पले दिएका हुन् । अब कुनै दिन अमेरिकाले एमसीसी र अन्य सहयोग राशी दुरुपयोगको छानविनका लागि विज्ञ टोली गठन गर्न सक्ने संभावना पनि औल्याईएको छ । त्यसो भयो भने नेपालमा क-कसका हातमा हत्कडी लाग्ने हो ? प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया