February 22, 2025, 6:41 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ८ जनाको मृत्यु

फाल्गुन ९, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

इस्लामावाद,  : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।

उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका थिए । आठ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुई जना घाइते भएका छन् ।

उद्दार अधिकारीहरूले प्रारम्भिक रिपोर्टले ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुनसक्छन्, जसले दुर्घटना निम्त्याएको हुन सक्छ ।

पाकिस्तानमा सडक दुर्घटना चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षमा सडक दुर्घटना उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

प्रतिक्रिया