इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो ।
लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेषलाई रेडक्रसमार्फत् इजरायली सेनालाई सुम्पिएको थियो ।
सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गर्नुभएको छ, “अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।”
उहाँले भन्नुभयो, “हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गनुपर्छ ।”
इजरायलले बिबास परिवारका दुई छोरा (एरियल र कफिर) लाई गाजामा प्यालेस्टिनी ‘आतङ्ककारी’ले मारेको निष्कर्ष निकालेको छ ।
यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।
“सम्बन्धित अधिकारीहरूको मूल्याङ्कन र उपलब्ध खुफिया र निदान सूचकहरूको आधारमा एरियल र केफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा ‘प्यालेस्टिनी आतङ्ककारी समूह हमास’ ले कैदमा क्रूरतापूर्वक मारेका थिए,” अद्राइले भन्नुभयो ।
धेरै इजरायलीहरूका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकहरूको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेषहरू बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो ।
हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो । उहाँ एक अनुभवी पत्रकार र लामो समयदेखि प्यालेस्टिनी अधिकारका रक्षक हुनुहुन्थ्यो।
गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शवहरू हस्तान्तरण गरिएको यो पहिलो घटना थियो।
प्रतिक्रिया