February 22, 2025, 6:24 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

आयोग बनाएर बाँकी काम पूरा गर्ने सहिद परिवारलाई प्रचण्डको आश्वासन

फाल्गुन ९, २०८१ मा प्रकाशित | १९०दर्शक तीव्रखबर

पोखरा,  । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । उनले शुक्रबार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

भेटमा प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहतलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए ।
‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका सहिद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं,’ उनले भने ।

सहिद परिवारका प्रतिनिधिहरूले प्रचण्डलाई सहिद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया