February 23, 2025, 2:41 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

फाल्गुन ८, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं – जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्।
पर्वत जिल्ला प्रहरी प्रमुख रहेका विष्टलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो।
‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम विष्टलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भोलाबहादुर रावलले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका हुन्।
विष्टले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कर्तव्य ज्यानमुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैद फैसला भई २७ वर्षदेखि फरार रहेकी एक महिलालाई पक्राउ गरेका थिए।
यस्तै, विष्टले सरकारी छाप किर्तेमा ११ महिना १७ दिन कैद फैसला भई १२ वर्षदेखि फरार रहेका एक व्यक्ति र अन्य २७ जना फरार अभियुक्त पक्राउ गरेकाले पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विष्टलाई प्रहरी कार्यसम्पादन मूल्यांकनको अभिलेखमा रहने गरी उत्कृष्ट प्रहरी घोषित गरिएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया