February 23, 2025, 2:49 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

हमासद्वारा पहिलो पटक चारजना बन्धकको शव इजरायललाई हस्तान्तरण

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

गाजाक्षेत्र- गाजाक्षेत्रको विद्रोही समूह हमासले चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चारजनाको हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ ।

इजरायली सेनाले मृतकबारेमा शवको पहिचानबाट मृत्युको पुष्टि भएपछि मात्रै परिवारलाई जानकारी गराउने तयारी गरेको छ ।

यसअघि हमासले एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा मारिएका चारजना बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको थियो ।

अघिल्लो महिना युद्धविराम शुरू भएपछि पहिलो पटक हमासले मृतक बन्धकको शव फिर्ता गरेको हो । हमासले अब ६ जना जीवित बन्धकलाई शनिबार रिहा गर्ने भएको छ ।

प्रतिक्रिया