February 23, 2025, 2:27 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

शहीदका बिरामी पिता भेट्न गोरखा पुगे प्रचण्ड

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शहीदका बिरामी पिता भेट्न गोरखा पुगेका छन्‌ ।

माओवादी नेतृत्वमा चलेको १० वर्षे सशस्त्र सङ्घर्ष (जनयुद्ध)का शहीद वीरेन ओलियाका बिरामी पिता देवराज ओलियालाई भेट्न दाहाल गोरखाको पालुङटार-८ स्थित घरमै पुगेका हुन्‌ । दाहालले आलियाको स्वास्थ्यलाभ कामना गरे ।

धुवाँकोट गोरखाका पदम ओलिया (वीरेन) माओवादी नेतृत्वको तत्कालीन जनमुक्ति सेना नेपालका प्लाटुन सहकमाण्डर थिए । ०६१ जेठ ४ गते स्याङजा जिल्ला श्रीकृष्णगण्डकी गाविस-४, छापरमा तत्कालीन शाही नेपाली सेनासँग भएको दोहोरो भीडन्तमा पर्दा उनले ज्यान गुमाएका थिए ।

जनयुद्धका शहीद ओलियाका बिरामी पिता भेट्न दाहालसँगै पुत्री गङ्गा दाहाल लगायत सहभागी थिए । दाहालले क्रममा शहीद परिवार र स्थानीयसँग साक्षात्कार गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया