February 23, 2025, 2:06 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ तथा शुभकामना दिएका छन् ।
बिहीबार दिल्लीको रामलीला मैदानमा शपथ लिएपछि मोदीले मुख्यमन्त्री गुप्तालाई पूर्ण जोशका साथ काम गर्न शुभकामना दिएका हुन् ।
‘दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्रीमती रेखा गुप्ताजीलाई बधाई छ। उहाँ तल्लो तहबाट उठ्नुभएको छ, क्याम्पस राजनीति, राज्य संगठन, नगरपालिका प्रशासनमा सक्रिय हुनुहुन्छ र अहिले विधायक र मुख्यमन्त्री पनि हुनुहुन्छ। मलाई विश्वास छ कि उहाँले दिल्लीको विकासको लागि पूर्ण जोशका साथ काम गर्नुहुनेछ। उहाँलाई फलदायी कार्यकालको लागि मेरो शुभकामना,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मुख्यमन्त्री बनेका थिए । दिल्लीमा परवेश सिंह, आशिष सूद, मनजिंदर सिंह सिरसा, रविन्द्र इन्द्रज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह क्याबिनेट मन्त्री बनेका छन् ।

प्रतिक्रिया