जाजरकोटमा घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा कुशे-१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादी रहेकी छन् । कुशे –१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर उनको प्राण गएको हो ।
आज बिहान घाँस काट्दै गर्दा लडेर देवीसराको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया