February 23, 2025, 2:18 am
» बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

पुर्ब राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा

फाल्गुन ८, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने- ‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ ।

पूर्वराजाले फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन ।

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु् ।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए ।

पूर्वराजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टीका टिप्पणी गर्न आबश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र, दल र नेताको विरुद्धमा नभएको ,मुलुकको समस्याप्रतीको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निशेध नगरि सबै अटाउने प्रणाली आबश्यक भएको चर्चा गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब शिर्जना गर्ने काममा कृयाशिल बन्ने समेत उद्घोष गरे ।

कार्यक्रममा अर्थबिद डाक्टर विश्व पौडेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।

प्रतिक्रिया