February 23, 2025, 8:26 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

साउन ११, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

 काठमाडौं । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुरका  एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले बताए ।प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । एसपी सुवेदीले  घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया