February 22, 2025, 6:12 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

ब्रेस्टविरुद्ध पिएसजीको सात गोल

फाल्गुन ८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। बुधवार राति भएको दोस्रो लेग प्ले अफमा पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ७-० ले हरायो। पिएसजी एग्रिगेटमा १०-० को जित हात पार्न सफल भएको छ।

पिएसजीको जितमा खेलको २० औँ मिनेटमा ब्राडली बार्सोला र ३९ औँ मिनेटमा केभिचा केभारास्टखेलियाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। दोस्रो हाफमा थप पाँच गोल भएको हो।

दोस्रो हाफको सुरुवात ५९ औं मिनेटमा भिटिन्हा थप गोल गरे भने ६४ मिनेटमा डेजायर डेउर डोले अर्को गोल थपे। त्यसपछि खेलको ६९, ७६ र ८६ औँ मिनेटमा क्रमश नुनो मेन्डेस, गोन्जालो रामोस र टिनएजर सेनी मायुलुले गोल गर्दै बे्रेस्टमाथि ७-० को जित निकालेको हो।

पिएसजीले दोस्रो चरणमा बार्सिलोना या लिभरपुलसँग खेल्ने छ।

प्रतिक्रिया