February 23, 2025, 2:41 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

अमेरिकाले रोक्यो एमसीसीको भुक्तानीः अर्थ मन्त्रालय

फाल्गुन ६, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी रोकिएको छ ।

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ-मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाइ दिएको छ ।

‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’ अर्थ मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

प्रतिक्रिया