रौतहट – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्।
चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट शाखाको ८ औं जिल्ला अधिवेशनको अवसरमा आयोजित उद्घाटन कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य झा प्रेस चौतारीका प्रवेश गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले झालाई माला लगाएर स्वागत गरेका थिए।
पछिल्लो समय समाजवादी प्रेस संगठनको अवस्था भद्रगोल भएको कारण पुरानै घर प्रेस चौतारीका फर्किएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष समेत रहेका प्रेमचन्द्र झाले छोटो प्रतिक्रिया दिएका छन्।
उक्त अवसरमा चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय सदस्य उद्धव रेग्मी, समाजवादी प्रेस संगठनका पूर्वकेन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीलगायतको उपस्थिति रहेको थियो।
त्यसअघि प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पानसमा बत्ती बालेर ८ औं जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।
‘समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मूल मर्म’ भन्ने मूल नाराका साथ सुरुभएको अधिवेशनमा एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष बाबुराम दाहाल,,जिल्ला सचिव रुपेश पटेल, एमाले चन्द्रपुरका अध्यक्ष शिव आचार्य, भूमि आयोग रौतहटका अध्यक्ष अखिलेश चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्की, पत्रकारहरू केसी लामिछाने, शिव पुरी, रवीन्द्र साहलगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राखेका छन्।
हाल प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम उपाध्याय रहेका छन्। यस अधिवेशनले जिल्लाको नेतृत्व परिवर्तन गर्ने छ।
प्रतिक्रिया