February 23, 2025, 8:25 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

बुठानिलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बको कारोबारपछि २४ भारतीय पक्राउ

फाल्गुन ६, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं – अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-५ स्थित एक घरमा छापा मारेर मंगलबार भारतीयहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र एक ज दुई जना उत्तरप्रदेशका हुन्।
विश्वभर सञ्चालन हुने अनलाइनहरूमा बेटिङ साइटको प्रयोग गरी एजेन्टसँग सम्पर्क गरेर उनीहरूले जुवा खेलाएको बस्नेतले बताए।
‘उनीहरूले ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरेर अनलाइन जुवा खेलाएको देखिएको छ, हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा भएको र निकालेको देखिन्छ,’ बस्नेतले भने।
बस्नेतका अनुसार भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको पाइएको छ। उनीहरूले हालसम्म एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार जुवा र सट्टाबाजी गर्न नहुने तथा विदेशी विमिमय नियमित गर्ने ऐन २०१९ अनुसारको कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ।
कार्यालयले २४ जनालाई नै थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।

प्रतिक्रिया