February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती

फाल्गुन ६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

‘काठमाडौं,  । माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल(जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् ।‘
ुकेही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल(जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,’ पूर्वमन्त्रीसमेत रहेका किरातीले भने।
गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग सवाल(जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्।
किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रतिक्रिया