February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थालेः मनिष झा

फाल्गुन ६, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र  पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोडदै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन ।

‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाइ पिटन पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वबिधालयको बजेट धेरै छ भनेर भनिरहेका छैनन, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन् भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा  रि स्ट्रक्चर गर्नुपर्छ।’

उनका अनुसार २२ लाख नेपाली भारतका बिभिन्न सहरमा कार्यरत रहेको तर कुटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन । ‘यसले के देखाउँछ भने १ लाख १६ हजार नेपालीलाइ जम्मा १ जनाले हेर्नु पर्ने बाध्यता छ’ उनले भने । उनका अनुसार नेपालीको आत्मसम्मान बढाउने गरी राज्यले कुटनीतिक पहल गर्नु ढिलाइ भइसकेकाे छ ।

उनका अनुसार २० हजार भन्दा बढी बिधार्थी अध्ययनरत रहेकाे जनाउँदै उनले बिधार्थीकाे आत्मसम्मानका लागि सरकारले विशेष पहल गर्न जरूरी भइसक्याे ।

 

प्रतिक्रिया