February 23, 2025, 2:19 am
» बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत

फाल्गुन ५, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पेस गरेपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतले सदनले स्वीकृत गरेको हो ।
विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । अहिलेसम्म सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडालगायतले आफ्नो धारणा राखिसकेका छन् ।
आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। तर गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेन ।

प्रतिक्रिया