धनगढी– बसको ठक्करबाट छोराको मृत्यु र आमा घाइते भएपछि आफन्तले साँफे मार्तडी सडक बन्द गरेका छन् । दोषी माथि कारबाही, उचित क्षतिपूर्ति र घाइतेको उपचारको मागसहित सडक बन्द गराएका हुन् ।
बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको छ ।
भने मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय घाइते भएकी हुन् । बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र छोरालाई बसले ठक्कर दिएको हो ।
घाइते अवस्थामै उपचारका लागि बाजुरा जिल्ला अस्पताल ल्याइएका छोराको उपचारकै क्रममा मृत्यु भइसकेको छ । भने आमालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो ।
गर्भवती समेत रहेकी मृतककी आमाको खुट्टा च्यापिएर गम्भीर चोट लागेको छ । धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले पसल अघि घाम तापेर बसीरहेका आमा छोरालाई च्यापेको हो ।
सडक बन्द गरेपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत जिल्ला जाने र बाजुरा सदरमुकाम मार्तडीसम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्त नवराज पाध्यायले उचित क्षतिपूर्ति सहितको माग गर्दै सडक बन्द गरेको बताएका छन् ।
घटना साँफे मार्तडी सडक खण्डमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा भएका हो ।
दुई हप्ता पहिलो मात्रै बुढीगंगा नगरपालिकामै बसकै ठक्करबाट एक जना बालकको मृत्यु भएको थियो । सडक छेउनजिकै राखिएका होटल पसलहरूमा बस्ने बालबालिका खेल्नका लागि सडकमा आउने र
तीव्र गतिमा रहेका सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ ।
प्रतिक्रिया