प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बसाइएको छ । शुरुमा रोष्टममा उभिएर जवाफ दिनुभएका उहाँले उभिन नसक्ने भनेपछि कुर्सी व्यवस्थापन गरिएको हो ।
सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले कुर्सि माग्दै भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय ! मलाई खुट्टामा अलिकति थोरै समस्या छ । कुर्सी प्रयोग गर्ने गरिएकै छ ।’ लगत्तै संसद सचिवालयका कर्मचारीले कुर्सीको व्यवस्था गरिदिए ।
त्यसपछि रोष्टममै कुर्सीमा बस्नुभएका प्रधानमन्त्री ओलीले जवाफ दिने क्रमलाई निरन्तरता दिनुभएको छ । यसअघि पनि संसद बैठकमा ओलीले बसेर बोल्ने गर्नुभएको थियो ।
प्रतिक्रिया