काठमाडौँ। राष्ट्रिय सभालाई वृद्धहरुको सभा भन्दै कटाक्ष गरिएकोप्रति राष्ट्रिय सभामा प्रश्न उठेको छ ।
पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाका सांसदलाई ‘केही दिनको पाहुना’ भन्दै सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । आजको बैठकमा सो सभाकी सांसद जयन्तीदेवी राईले शाहीको भनाईप्रति आपत्ति जनाउँदै खेद व्यक्त गरिन् । उनले औपचारिकरुपमै खेद प्रस्ताव पारित गर्न मागसमेत राखेकी छन् ।
‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ’, सांसद राईले भनिन्, ‘उक्त भनाइप्रति म खेद प्रकट गर्दछु । साथै यो सम्मानित सभाले खेद प्रस्ताव पारित गरोस् र सरकारको जवाफ पनि माग गर्दछु ।’
जेठाहरुको सदन भनिने राष्ट्रिय सभाले विधेयक पास गर्ने सन्दर्भमा सांसदहरुको भूमिकाप्रति असन्तुष्टि जनाउँदै ज्ञानबहादुरले केही दिनअघि सामाजिक सञ्जालमार्फत त्यस्तो अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया