काठमाडौं– पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले शहीदमार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्टाइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।
पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।
‘चालु आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ ।
सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउँछु’, पुनले भने,‘ त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’
सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया