रौतहट – गत आर्थिक वर्षजस्तै यस आर्थिक वर्षमा पनि गौर नगरपालिका रौतहट जिल्लाको १८ पालिकामध्ये सबैभन्दा उत्कृष्ट बनेको छ।
मेयर शम्भु साहको सबल नेतृत्व र नीति निर्देशनमा यस आर्थिक वर्ष पनि गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको हो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा रौतहटमा गौर नगरपालिका उत्कृष्ट बनेको छ। कार्यसम्पादन मूल्याकंनको आधारमा जिल्लामा गौर नगरपालिका पहिलो उत्कृष्ट बनेको छ भने फतुवा बिजयपुर नगरपालिका सबै भन्दा पुछारमा परेको छ।
गौर नगरपालिकाले ६२.१ अंक, ल्याएर पहिलो स्थान अर्थात् उत्कृष्ट बनेको प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले बताएका छन्। मेयर साहको सुझबुझ, कर्मचारीको मिहिनेत र नगरवासीको सहयोगले दोस्रोपटक गौर नगरपालिका उत्कृष्ट बन्न सफल भएको अधिकृत ठाकुरको भनाइ रहेको छ।
त्यस्तै, ईशनाथ नगरपालिकाले ५९.८ अंक ल्याएर दोस्रो, गरुडा नगरपालिकाले ५७.६ अंक ल्याएर तेस्रो बनेको छ। त्यस्तै, राजपुर नगरपालिकाले ५६.९ अंक ल्याएर चौथो, दुर्गा भगवती गाउँपालिकाले ५४.८ अंक ल्याएर पाँचौं, मौलापुर नगरपालिका ५४.४ अंक ल्याएर छैटौं परोहा नगरपालिकाले ५२.५ अंक, ल्याएर सातौं,राजदेवी नगरपालिकाले ४५.५ अंक, आठौं, गढीमाई नगरपालिकाले ४४.० अंक, नवौं र चन्द्रपुर नगरपालिकाले ४१.५ अंक ल्याएर १० औं स्थानमा रहेको छ।
त्यसैगरी, यमुनामाई गाउँपालिकाले ४०.२ अंक,११ औं, गुजरा नगरपालिकाले ४०.१ अंक, सहित १२ औं, वृन्दावन नगरपालिका ३८.३ अंक, सहित तेह्रौं,माधव नारायण नगरपालिकाले ३६.९ अंकसहित १४औं, बौधीमाई नगरपालिकाले ३५.३ अंकसहित १५ औं, देवाही गोनाही नगरपालिकाले ३५.० अंकसहित १६ औं, कटहरिया नगरपालिका ३४.६ अंकसहित १७ औं र फतुवा बिजयपुर नगरपालिकाले ३१.४ अंक प्राप्तसहित अन्तिम अर्थात् पुछारमा पुगेका छन्।
स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ। यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको आयोगले जनाएको छ।- सञ्जय मिश्रा
प्रतिक्रिया