February 23, 2025, 2:49 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

लेबनानमा आक्रमणमा परेका जर्नेल स्वदेश आइपुगे

फाल्गुन ४, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

लेबनानमा आक्रमणमा परेका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल काठमाडौं आएका छन् । उनी बिहान साढे ९ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै आएका हुन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेबनानमा डेपुटी कमाण्डरको रुपमा कार्यरत ढकालमाथि स्वदेश फर्कने तयारीमा विमानस्थलतर्फ जाँदै गर्दा अस्ति उनी सवार सवारी साधनमा आगजनी गरिएको थियो ।

सेनाका अरु सवारी साधनले इस्र्कटिङ गरेको अवस्थामा ढकाल चढेको गाडीलाई रोकेर आगजनी गरिएको नेपाली सेनाको भनाई छ । घटनामा ढकालसँगै अन्य चार जना नेपाली सैनिकहरु पनि घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचारपछि ढकाल स्वदेश आएका हुन् ।

ढकाललगायत सैनिकहरुमाथि आक्रमणसँगै आगलागीअघि प्रदर्शनकारीले सवारी साधनमा लुटपाट मच्चाएका थिए ।

प्रतिक्रिया