February 23, 2025, 3:32 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

फाल्गुन ३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

धनगढी । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन्। अमरगढी नगरपालिका-२ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जोशी बिहिवार बिहानदेखि बेपत्ता भएका थिए। जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो। शनिवार दिउँसो जोशी मृत फेला परेका हुन्।
प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया