February 22, 2025, 6:05 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

लोक र आधुनिक संगीतको समिश्रणमा “वरको छायाँले” सार्वजनिक

फाल्गुन ३, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

लोक र आधुनिक संगीतको समिश्रणमा तयार पारिएको गीत “वरको छायाँले” सार्वजनिक भएको छ। कवि तथा गीतकार नारायण नेपालको सुमधुर शब्द, सूर्य राई दनुवारको उत्कृष्ट संगीत, र सञ्जय हमालको संगीत संयोजनमा सिर्जना गरिएको यो गीतले नेपाली संगीत क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

गायक सूर्य राई दनुवार र गायिका प्रीति आलेको सुमधुर स्वरले सजिएको यस गीतले दोहोरी र ब्याटल शैलीलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ। भिडियोमा स्वयम् गायक-गायिका सँगै उमेश कुमार, शीला गजुरेल, र सुमन ज्योति न्यौपाने (ल्याङ्ग्री दादा)को मनमोहक अभिनयले गीतलाई झनै जीवन्त बनाएको छ।

भिडियोको निर्देशन सुरेन्द्र बस्यालले गरेका हुन् भने यसलाई जे.एम.डी  क्रिएसन  च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो गीतले लोक संगीत र आधुनिकताको अनौठो मेलको नयाँ उदाहरण प्रस्तुत गर्दै नेपाली संगीत पारखीहरूलाई मोहित तुल्याउने विश्वास गरिएको छ।

“वरको छायाँले” मात्र गीत होइन, यो लोक र आधुनिक संगीतको अनन्त सम्भावनाको प्रतिबिम्ब हो । शब्द, स्वर, संगीत र अभिनयको उत्कृष्ट संयोजनले सजिएको यो सांगीतिक कृतिलाई  जे एम डि क्रियसन च्यानल मार्फत  हेर्न र सुन्न सकिने छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया