February 23, 2025, 8:26 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

पेरिस ओलम्पिकको उद्घाटन आज

साउन ११, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ ।

स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुदै छ ।

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् ।  ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् ।

यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ ।

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ ।

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रतिक्रिया