February 23, 2025, 3:02 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक

फाल्गुन २, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं – त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्।
इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ।
बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बताए।
चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन्।
भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन्।
उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए।

प्रतिक्रिया