February 23, 2025, 3:13 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

फाल्गुन २, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं। आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदैछ। क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन्।

तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ। नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ।

दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ। भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ।

प्रतिक्रिया