February 22, 2025, 6:30 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

फाल्गुन १, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

कैलाली, । धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको छ । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उहाँले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहनुभएको हो ।

धनगढी-८ बुद्धचोक बसोबास गर्दै आउनुभएका विश्वकर्माले काठमाडाैको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिनुभएको थियो । अनुभवपछि उहाँले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो ।

विश्वकर्माले वार्षिक रु एक लाख ५० हजार तिर्नेगरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आउनुभएको छ । विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिनुभएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा रु ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उहाँले बताउनुभयो ।

मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उहाँले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गर्नुभयो ।

“अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ । कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ । धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन । यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन ।”

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो–प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिनुभयो । केही बिरुवा भने नर्सरीमा आफँै उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उहाँको भनाइ छ । नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा उपलब्ध छन् ।

प्रतिक्रिया