February 24, 2025, 10:15 am
» बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

भतिजाको हत्या, जेलबाट बेपत्ता, १२ वर्षपछि गिरफ्तार

माघ ३०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले एक दशकपछि पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका-११, घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-१०, गड्डाचौकी बस्ने ४८ वर्षीय देवसिंह ठकुरी भन्ने दिपकबहादुर सिंह समातिएका हुन् ।

भतिजाको गोली हानेर हत्या गरेको पुष्टि भएपछि सर्वस्वसहित जन्मकैदको सजाय पाएका उनी कारागारबाटै भागेकोमा १२ वर्षपछि नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । उनलाई आज बिहान गड्डाचौकी एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिंहले २०६४ फागुन २४ गते राति भतिजा भक्तबहादुर भन्ने बमबहादुर साउदको गोली हानी हत्या गरेका थिए । घटनालगत्तै फरार भएका उनलाई ०६६ असार १० गते हातहतियार खरखजाना मुद्दामा प्रहरीले पक्राउ गर्यो । सो मुद्दामा एक वर्ष कैद सजाय सुनाइएका उनीविरुद्ध मृतक साउदका आफन्त जनकबहादुर साउदको जाहेरीका आधारमा कर्तव्य ज्यान कसुरमा मुद्दा चल्यो ।

त्यसपछि ०६७ मंसिर २७ गते कैलाली जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । तर, सजाय भुक्तान गरिरहँदा प्रहरीकै सहयोगमा उनी ०६९ साउन २२ गते कैलाली कारागारबाट भागेका थिए । प्रहरीका अनुसार अनुसन्धानको क्रममा सिंहविरुद्ध थप मुद्दा दायर भएको पाइएको छ ।

कैलालीकै अर्का व्यक्ति मानबहादुर सुनारको हत्या अभियोगमा ०६२ असोज २ गते जोहरी दर्ता हुनुका साथै अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि उनीविरुद्ध मुद्दा दायर भएको खुलेको छ । यता, सिंहलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालिन प्रहरी नायब निरीक्षक (सई) लोकबहादुर बोहरा, हवल्दार गणेश चन्द र जवान दिलबहादुर टमटाविरुद्ध मुद्दा दायर भई अदालतमा मुल्तबीमा रहेको छ ।

प्रतिक्रिया