February 24, 2025, 10:19 am
» बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

माघ ३०, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं,  : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका-२३ बसन्तपुर बस्ने ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।

प्रतिक्रिया