February 24, 2025, 10:29 am
» बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

शालीनदीमा माधवनारायण स्वस्थानी व्रत मेला

माघ ३०, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना  विधिपूर्वक मनाइने स्वस्थानीको व्रत आज समापन गर्दै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।

नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदै छ। व्रतको अन्तिम दिन आज साँखुस्थित शालिनदी श्रद्धालुहरूको भीड लागेको छ ।

प्रतिक्रिया