February 24, 2025, 10:04 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

माघ ३०, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं,  । हाल देशमा पश्चिमी न्यून चापिय  प्रणालीको आंशिक  प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया