February 22, 2025, 6:27 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

सन्तोष बस्नेतले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड, मेयरद्वारा स्वागत

माघ २८, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

रौतहट – सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।
एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्हालेका हुन्।
सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले। २०६० सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए।
यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरी सरुवा भएको थियो।
यसैबीच, एसपी सन्तोष बस्नेतलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले सम्मानसहित स्वागत गरेकी छिन्।
सोमबार मेयर साह सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गौर पुगेर एसपी बस्नेतलाई खादा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताको अग्रिम शभकामना दिएकी छिन्।

प्रतिक्रिया