February 23, 2025, 2:20 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना : १ जनाको मृत्यु, २३ घाइते

माघ २८, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं : तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी दोलखाकी ५० वर्षीय पार्वती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको छ।भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफैँ अनियन्त्रित भई आइतबार राति थाक्रे गाउँपालिका-७ सातकिलोस्थित पृथ्वी रामार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। घाइतेको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया