February 23, 2025, 3:28 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

युद्बबिरामका बिचमा लेबनानमाथी इजरायली हमला, ६ को मृत्यु

माघ २७, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

लेबनान,  । इजरायल र हिजबुल्लाहबीचको कमजोर युद्धविरामको बीचमा पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

सो हवाइ हमलामा परी थप  २ जना घाइते भएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार पूर्वी बेका क्षेत्रको जेन्नाटा सहर नजिकै रहेको शारा क्षेत्रलाई लक्षित गरेको बताएको छ। इजरायली सेनाका अनुसार लक्ष्यहरू रणनीतिक हतियारको उत्पादन र भण्डारणको लागि एक साइट भित्र हिजबुल्लाहले काम गरिरहेका थिए ।

‘साइट भित्रका गतिविधिहरू इजरायल र लेबनान बीचको समझदारीको स्पष्ट उल्लङ्घन मानिन्छ,’ नोभेम्बर २७ मा हस्ताक्षर गरिएको युद्धविराम सम्झौतालाई उल्लेख गरिएको छ । युद्बबिराम सम्झौता लागू भए पनि इजरायलले हिजबुल्लाह साइट विरुद्ध सैन्य कारबाही जारी राखेको छ।

प्रतिक्रिया